Hamra comradeharu....
मुलुकमा छुवाछूत प्रथाको अन्त्य भए पनि नेपालका कम्युनिष्टहरूमा यो प्रथा
कायमै देखिन्छ । माओवादी आफूलाई ब्राह्मण कम्युनिष्ट ठान्दछ भने एमाले
आफूलाई शासन चलाउन सक्ने क्षेत्री मान्दछ । वाममोर्चामा एकीकृत खुद्रा
पार्टीहरू वैश्य भनिन्छन् भने राजाको टाङमुनि समाहित राधाकृष्ण मैनालीहरू
श्ाुद्रमा गनिन्छन् ।
उपरोक्त चार जातबाहेक ३६ वर्णमा पनि कम्युनिष्टहरूलाई विभाजित गर्न
सकिन्छ । कोही माधवजस्ता नरम, कोही प्रचण्डजस्ता गरम ! कोही डाक्टर
बाबुराम, कोही ट्याक्टर हराम ! कोही ओलीजस्ता अलमले, कोही
मोहनविक्रमजस्ता ढुलमुले ! कतै मालेजस्ता झुले, कतै मशालजस्ता टालटुले !
केही सीपीजस्ता एकलकाँटे, कोही शेरचनजस्ता टाटेपाटे ! कतै बहुदलीय
जनवादको अलाप, कतै प्रचण्डपथको विलाप ! कुनै स्वदेशीको मतियार, कुनै
विदेशीको हतियार ! कहिले जनवादको जप, कहिले जे भेटिन्छ कपाकप !
अप्ठ्यारोमा एकीकरणको कुरा, सजिलो पर्दा बगलीमा धस्ने छुरा !
यस्तो लाग्छ, यदि पृथ्वीनारायण बूढा हुँदा हुन् त उनले पक्कै पनि आफ्नो
महान्वाणीमा परमिार्जित गर्ने थिए, 'नेपाली कम्युनिष्ट आन्दोलन चार जात र
३६ वर्णको साझा गोलखाडी हो ।'
त्यसो त सबैले आफूलाई कमरेड भन्दछन् । वास्तवमै एउटा सच्चा कम्युनिष्टका
लागि 'कमरेड' शब्द अति सम्मानित शब्द हो । तर, जस्ाले जे भने पनि नेपालमा
कमरेडको अर्थ पनि आ-आफ्ना तरकिाले लगाउनुपर्दछ । कोही क्रान्तिकारतिा कम
भएकाले आफूलाई कम+रेड≠कमरेड भन्छन्, कोही रेट नै कम भएकाले आफूलाई कमरेट
ठान्दछन् । कोही समय अनुसार हिँड्न नसक्ने भएकाले कम+लेट≠कमलेटमै चित्त
बुझाउँछन् भने कोही अण्डाभन्दा माथिको हैसियत नराख्ने हुनाले अमलेटमा नै
जुनी काट्दछन् । यस्ता थरीथरीका सम्बोधनले पनि अन्तरकम्युनिष्ट जातिवादको
जानकारी मिल्दछ ।
जङ्गलमा कम्युनिष्ट, शहरमा कम्युनिष्ट, सदनमा कम्युनिष्ट, सडकमा
कम्युनिष्ट, भोटमा कम्युनिष्ट, गोठमा कम्युनिष्ट, चोटमा कम्युनिष्ट... तर
सरकारमा जिरो ! किन ? यो सबैको एउटै कारण हो, उनीहरूमा रहेको जातिवाद !
उता संसार जातभातभन्दा माथि उठेर 'ग्लोबल फेमेलीको कन्सेप्ट' मा
चढिसक्यो, यता कम्युनिष्टहरू आपसमा हातपातमा र्झन शुरू गर्दैछन् ।
'विश्वका मजदुर एक हौँ' भन्छन्, नेपालकै मजदुर एक ठाउँमा बस् न सक्दैनन्
। यो अन्तिम युद्ध हो भन्छन्, गाउँघरमा कम्युनिष्टहरूबीच आपसी युद्ध
भर्खर शुरू हुँदैछ । जाति र पाती मान्दै नमान्ने उद्घोष गर्छन्, आफ्ना
सगोत्रीसँग भन्दा पर 'कङ्गोत्री' सँग बसेर सत्ताको स्वाद लिन मन पराउँछन्
।
ठूलो पार्टीले सानो पार्टीलाई नगन्ने, सानोले ठूलोलाई नमान्ने !
दस्तावेजमा सर्वहाराकरणको पहल, काठमाडाँैमा आलिसान महल ! जनताका अगाडि
एकीकरणको राग, भाषण सुन्दा वैराग ! पछाडि हेर्यो जनताको लाम्, अगाडि
हेर्यो कैले जाला घाम ! देशबाट त छुवाछूतको अन्त्य भयो तर
कम्युनिष्टहरूले यो प्रथा कहिल्ो त्याग्ने होलान्... भन्न पनि अब त अल्छी
लाग्न थाल्यो भन्या !

Gunaraj is seeking your valuable suggestions.
Thanks for visiting..
No comments:
Post a Comment