Friday, March 9, 2007

friendship day...


फ्रेन्डशिप ब्यान्ड


''आदी थ्यांक यु फर दिस् ब्युटिफुल कार्ड, अनि यो फ्रेन्डशिप ब्यान्ड चाँही तिमी नै बाँधिदेउ न है मेरो हातमा।'' हिजो किनेको कार्ड स्नेहालाइ दिएपछि स्नेहाले आदिलाइ भनिन् ।त्यो कार्ड भित्र एउटा फ्रेन्डशिप ब्यान्ड पनि थियो, कार्डसँगै आएको।

स्नेहा र आदित्य एकदमैं मिल्ने साथीहरु, एउटै क्लासमा पढ्छन ।

हिजो आदी न्यूरोड गएको बेलामा हलमार्क पनि छिरेको थियो, उसलाइ एउटा कार्ड मन पर्‍यो, असाध्यै राम्रो थियो रबर्ट एलेनको पोएम कोट गरिएको । हुन त त्यस्तो कार्ड दिनुपर्ने कुनै उत्सव थिएन तर उसलाइ कार्ड मन परेको हुनाले स्नेहाको लागि उसले त्यो कार्ड किनेको थियो ।

''थाहा छ आदी मलाई लागेकै थिएन तिमी मेरो बेस्ट फ्रेन्ड हुन्छौ भन्ने, तिमी मलाई शुरुमा क्या ठिस् लाग्थेउ, एकदमैँ आउट स्पोकन्, अनफ्रेन्डली ।''

''हो र, मलाई त तिमीलाइ देखेको पहिलो दिन नै लागेको थियो समयसँगै तिमी मेरो बेस्ट फ्रेन्ड बन्छौ भन्ने ।''

''किन?''

''खै किन किन थाहा छैन, मे बि इन्ट्युसन्!''

हो शुरु शुरुमा आदी स्नेहाले भनेको जस्तै आउट स्पोकन नै थियो, क्वाइट अनफ्रेन्डली । आदी यही बर्ष मात्रै सेकेन्डरी स्कुल सिद्ध्याएर काठमाडौं आएको हो, ईन्डियाबाट । उसको परिवार काठमाडौं कै भए पनि क्लास थ्री देखि उ नैनितालमा थियो । अब कलेज चाँही नेपाल मै पढ्ने भनेर आएको हो, नैनिताल छोडेर ।

''स्नेहा शायद म ठिस् देखिन्थे र मे बि मलाई साथीहरुसँग कसरी डिल गर्ने भन्ने पनि थाहा थिएन्, स्पेसल्ली केटीहरुसँग्, मैले अहिलेसम्म सँधै ब्याइज स्कुलमा मात्रै पढेको थिए, अन्ली ब्याइज्, टोटलल्ली डिफ्रेन्ट इनभाइरोमेन्ट ।''

हो आदिका कलेजका शुरुका केही दिनहरु नाटकिय रुपमैँ बितेका थिए । कलेजको पहिलो दिन नै नेपाल बन्द परेको थियो उ त्यो दिन कलेज गएन तर नेपाल बन्द भए पनि त्यो दिन कलेज चाँही लागेको रहेछ्, ५-६ जना विद्यार्थीहरु पनि आएका रहेछन । त्यही भएर कलेजको दोस्रो दिन भए पनि उसको लागि पहिलो दिन थियो । उ आउट ड्रेसमै थियो, उसको कलेज ड्रेस हिजो लिन जान पएको थिएन्, नेपाल बन्दले गर्दा ।

सबैभन्दा लास्ट बेन्चमा गएर बसेको थियो । सबै जना एक अर्कासँग कुरा गरिराखेका थिए, उ मात्र चुप थियो, कसैलाइ चिनेको थिएन । तर बिस्तारै बिस्तारै उ कलेजको वातावणमा भिज्न थाल्यो । पढाइमा राम्रो भएको हुनाले टिचरहरुसँग पनि राम्रो सम्बन्ध हुन थाल्यो । एक दुई चोटि केही साथीहरुसँग सानोतिनो भनाभन पनि नपरेको होइन तर यो त क्याम्पस लाईफमा नर्मल नै हो ।

फर्स्ट टर्ममा सबैभन्दा बढी मार्क्स् ल्यायो आदिले । त्यहीबेला हो उसले स्नेहा सहित अरु केही केटीसाथीहरुलाइ रेस्टुराँमा ट्रीट दिएको, उनिहरुकै आग्रहमा ।

एकचोटि इन्टर कलेज क्विइज कन्टेस्ट को एनाउन्समेन्ट भएको थियो, हरेक कलेज बाट ३ जनको एउटा टिमले भाग लिन पाउने गरेर । कलेजमा आदी टिचरहरुको पहिलो च्याइस थियो, क्विज कन्टेस्टको लागि । अरु दुईजना साथीहरु सहित आदिले भाग लियो, धेरै ठुलो मार्जिनले जित्यो पनि ।

त्यतीबेला स्नेहाले आदिलाइ बधाई दिदैँ भनेकी थिएन ''आदी तिमीले फेरी ट्रीट दिनुपर्ने भयो हामीहरुलाइ !''

''सबैलाइ होइन यस्पाली, तिमीलाइ मात्रै है'' अनायसै आदिले स्नेहालाइ भनेको थियो ।

''ओ. के., आइ वुड लभ टु कम विद यु, एनिवेज्, कङ्ग्राचुलेसन्स् अगेन ।''

यसरी बिस्तारै बिस्तारै आदी र स्नेहा एक अर्काको नजिक हुँदैगए ।

''स्नेहा थाहा छ भोली देखि म पनि कलेज बसमैं कलेज आउने''

''किन ?''

''विन्टरमा बाइक चलाऊन गार्हो हुन्छ, फेरी बिहान बिहानै एकदमै जाडो हुन्छ ।''

''वाउ........ क्या रमाइलो हुने भयो, म तिम्रो लागि सिट रोकिराक्छु है ।''

''हुन्छ ।''

यस्तै कुनै दिन बसमा सँगै कलेज जाँदा हो आदिले स्नेहालाइ कार्ड र फ्रेन्डशिप ब्यान्ड दिएको ।

''आदी म तिमीसँग एउटा कुरा माग्छु दिन्छौ ?''

एकछिन सोचेर आदिले भन्यो '' दिन्छु'' ।

''किन त्यस्तो सोचेर दिन्छु भनेको ? तर थ्यांक गड, दिन्छु त भन्यौ, के कुरा भनेर त सोधिनौ!''

''हैन त्यत्तीकै!'

''भन न स्नेहा तिमीले जे मागे पनि दिन्छु'' यसपाली तुरन्तै रेस्पोन्स् गरेको थियो आदिले ।

''अस्ती तिमीले दिएको फ्रेन्डशिप ब्यान्ड चुडिँयो, मलाई नयाँ फ्रेन्डशिप ब्यान्ड बाँधिदेउ न है!''

''भैहाल्छ नि यसपाली म तिमीलाइ कहिल्यै नचुडिँने फ्रेन्डशिप ब्यान्ड बाँधिदिन्छु है, एकदम बलियो!''

''थ्यान्क्स्''

यसरी नै केही दिनहरु बिते, स्नेहाले सोचिन शायद आदिले फ्रेन्डशिप ब्यान्डको कुरा बिर्सिसक्यो ।
उता आदी अरु नै कुरा सोचिराखेको थियो, स्नेहालाइ सर्प्राइज दिने ।

''स्नेहा एकछिन आँखा बन्द गरन!'' फेरी कुनै अर्को दिन बसमा सँगै कलेज जाँदा आदिले स्नेहालाइ भन्यो

''किन ?''

''एकैछिन बन्द गरन, प्लीज्!'

''ओ. के.''

स्नेहाले आँखा बन्द गरिसकेपछि आदिले आफ्नो खल्ती बाट एउटा बट्टा निकाल्यो जसमा असाध्यै राम्रो ब्रासलेट थियो, सुनको ।

''नाउ यु क्यान ओपन योर आइज्'' ब्रासलेट स्नेहाको हातमा बाँधिसके पछि आदिले भन्यो ।

'' वाउ ...... इट्स् बिउटिफुल्, लुक्स् एक्पेन्सिभ्!''

''तिम्रो लागि कहिल्यै नचुडिँने फ्रेन्डशिप ब्यान्ड्''

''आदि,यस्तो महँगो गिफ्ट किन ल्याएको मैले त जस्ट एउटा सिम्पल फ्रेन्डशिप ब्यान्ड भनेको थिए । फेरी घरमा मामुलाइ के भन्ने नि मैले, कसले दियो किन दियो भनेर सोध्दा ?''

''कम अन्, स्नेहा, डन्ट गो विथ द प्राइस अफ द गिफ्ट्, मलाई लाग्यो मैले तिमीलाइ यो गिफ्ट दिनुपर्छ र मैले किने, इट्स् एज सिम्पल एज दयाट्! फेरी तिमी मेरो बेस्ट फ्रेन्ड हौ त्यसैले मैले सोचें इट्स् माइ राइट टु गिफ्ट यु अ ब्युटिफुल फ्रेन्डशिप ब्यान्ड ।''

''अनी मामुलाइ के भन्ने नि मैले ?''

''मलाई थाहा छैन!''

''थ्यान्क यु आदी, यो मैले पाएको सबैभन्दा प्रेसियस गिफ्ट हो, आइ विल नेभर पार्ट विथ दिस् फ्रेन्डशिप ब्यान्ड थ्रुआउट माइ लाईफ, यु क्यान काउन्ट अन दिस् ।''

''अल द प्लेजर इज माइन्''

हुन त त्यो ब्रासलेट किन्न आदीलाइ सजिलो पक्कै भएको थिएन्, पुरै एक महिनाको पकेट मनी सिद्धिएको थियो । त्यस्भन्दा पनि ब्रासलेट बनाउन अर्डर गर्न जुन पसलम गएको थियो त्यहाँको साहुजीले उसको मामुलाइ चिन्दो रहेछ । किन्, कसको लागि भनेर सोध्न थालिहाल्यो, पैसाको कुरा पनि मामुसँगै गरौला भन्न थालेको थियो । बल्ल एक जना साथीको दिदीको बिहे छ , उसैलाइ गिफ्ट दिनको लागि सबैजना साथीहरु मिलेर यो ब्रासलेट बनाउन लागेको, अनि मैले तपाईंलाइ चिनेको हुनाले (हुन त उसले त्यो साहुजीलाइ चिनेको थिएन्, पसल्मा जाँदा पो थाहा भयो, साहुजीले मामुलाइ चिन्दो रहेछ भनेर्), बनाउने जिम्मा चाँही मैले लिएको । साहुजीले पनि चिनेको हुनाले एकदमै राम्रो ब्रासलेट बनाइदिएको थियो ।

समय बित्दै गयो, कलेज सिद्धिन लाग्दासम्म आदी र स्नेहा एकदमै क्लोज भैसकेका थिए, मोर दयान बेस्ट फ्रेन्डस् । दुबैजनाले जिन्दगीको यात्रा सँगै गर्ने कल्पना गरेका थिए । तर परिस्थिती र समयले यस्तो मोड लियो, उनिहरुले समाज र परिवारको खुशीको लागि आफ्ना सबै सपनाहरु निमोठिदिए । एउटा यस्तो दिन आयो जहाँबाट उनिहरुले अलग अलग बाटोमा यात्रा गर्नुपर्ने भयो । कलेजमा हुँदा आदिले स्नेहालाइ जिस्क्याउँदै भन्ने गर्थ्यो ''स्नेहा तिम्रो बिहेमा मलाई बोलाउ है, म त्यतिबेला एकदमै एक्स्पेन्सिभ गिफ्ट लिएर आउँछु ।''

''मैले मेरो बिहेमा तिमीलाइ बोलाउनै पर्दैन्!''

''किन्, नबोलाउने हो मलाई ?''

''बुद्धु, मेरो बिहेमा तिमी त भैहाल्छौ नि, दुलहा बनेर्, अनि मैले बोलाउनुपर्छ र!''

''तर तिम्रो बिहे मसँग भएन भने नि ?''

''म त तिमीसँगै गर्ने हो बिहे !''

''तैपनि परिस्थिती हामीले सोचेको जस्तो भएन र तिमीले अरु कसैसँग बिहे गर्नु पर्‍यो भने नि ?''

''त्यस्तो भयो भने म तिमीलाइ मेरो बिहेमा बोलाउँदिन्, प्लिज तिमी पनि नआउ है, मैले त्यतिबेला तिमीलाइ फेस गर्न सक्दिन्!''

''हे.. लाटी! म त त्यत्ती कै जिस्किराखेको, तिमी त सिरियस भइछौ ।''

''आदी इन केस हामीहरुले बाँकी लाइफ सँगै बिताउन पाएनौ भने पनि हामीहरु सँधै राम्रो साथी भइरहने है ।''

''किन त्यस्तो कुरा गरेको, किन हामीहरु सँगै हुन सक्दैनौ ?''

''कतै बाटोमा तिमीले मलाई भेट्यौ भने अरु केही नभए पनि एक चोटि मुस्कुराइदिनु है, तिम्रो स्माइल मलाई असाध्यै मन पर्छ ।''

''त्यस्तो भयो भने म मुस्कुराउने मात्रै होइन, तिमीलाइ माया गरिदिन्छु गालामा सबैको अगाडि''

''बदमास, फेरी मलाई पनि तिमी मन पर्‍यो भने त्यतिबेला ?''

''तिम्रो बुढा र मेरो बुढि हेर्या हेरेइ हुने होला!''

''हे हे हे.............''

त्यतिबेला हँसिमजाकमा गरेका कुरा आज बास्तविकता भएका छन । चाहेर पनि समाज र परिवारको बिरुद्दमा जान सक्दैनन्, आदी र स्नेहा । उनिहरुले समाजको खोक्रो आडमबरको अगाडि आफ्नो सम्बन्धको बली चाढाउनु नै पर्ने भयो ।

समय आफ्नै गतिमा बगिरह्यो, दिन महिना बर्ष । केही दिन पछि नै आदी नेपाल छोडेर बाहिर गयो आफ्नो क्यारियर बनाउन । स्नेहाको बिहे भएको पनि धेरै बर्ष भैसक्यो, आदीले पनि भर्खरै बिहे गर्‍यो । स्नेहाले आग्रह गरे अनुसार नै आदी गएन स्नेहाको बिहेमा तर उनिहरुले गरेको कमिट्मेन्ट अनुसार उनिहरु सम्पर्कमा रहिरहन भने सकेनन। आदीलाइ पनि लाग्यो, मनशिक रुपमा स्नेहा सँधै उसँगै छे तसर्थ शारिरिक रुपमा सम्पार्कमा रहिरहन खोज्न उपयुक्त छैन । हो आफुले आफुलाइ सम्हाल्न धेरै मुस्किल भएको थियो शुरुमा तर अब लाईफ स्मूथ्ली नै गैराखेको छ ।

यसपाली धेरै बर्ष पछि आदी नेपाल गयो दसैं मनाउन, धेरै रमाइलो गर्‍यो । सँयोगबस, सपिङ गर्न जाँदा उस्को जम्काभेट स्नेहासँग भयो, बिशाल बजारमा । धेरै पहिला स्नेहाले भनेको जस्तै मुस्कुराइदियो, चिनेको नचिनेको जस्तै गरेर, स्नेहा पनि मुस्कुराइदिइन । स्नेहा आफ्नो श्रीमान र छोरा सँगै आएकी रहिछिन्, दसैंको सपिङ गर्न नै हुनुपर्छ । केही क्षणको मात्रै थियो त्यो भेट तर आदिले एउटा कुरा नोटिस गर्न भ्याइहालेको थियो, स्नेहाको हातमा अहिले पनि त्यही ब्रासलेट थियो जुन बर्षौं पहिले आदिले नै बाँधिदिएको थियो, कहिल्यै नचुडिँने ब्युटिफुल् फ्रेन्डशिप ब्यान्ड !!





Gunaraj is seeking your valuable suggestions.& comments
for this post.
Thanks for visiting..